सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा यूएईमा सातजना नेपाली पक्राउ

६ चैत्र २०८२, शुक्रबार १५:४९

काठमाडौं । प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा हालसम्म सातजना नेपाली पक्राउ परेका छन् ।

इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म सातजना नेपालीलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पक्राउ परेका व्यक्तिलाई १ वर्ष जेल तथा १ लाख दिरामसम्मको सजाय हुनसक्छ । साथै, प्राइभेट म्यासेजमा समेत त्यस्ता सामग्रीहरू सेयर गर्न वर्जित भएकाले त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*