भन्सार गेटमै लुकाइएकाे २० लाखसहित एक जना पक्राउ

६ चैत्र २०८२, शुक्रबार १६:३१

काठमाडौँ ।  पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मुख्य गेटबाट वीरगञ्ज–१७ अलौका निवासी ५० वर्षीय विनयशंकर साह तुरहालाई नियन्त्रणमा लिएको हो।

सीमा सुरक्षा गुल्म वीरगञ्जअन्तर्गत खटिएको सशस्त्र प्रहरीको चेकपोष्ट टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको मोटरसाइकल रोकी जाँच गर्दा उक्त रकम फेला पारेको जनाएको छ। प्रहरीका अनुसार साहले चलाएको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा नगद बरामद गरिएको हो।

बरामद रकममध्ये २० लाख २५० रुपैयाँ नेपाली नोट र ६०० रुपैयाँ भारतीय नोट रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*