सुनको मूल्यमा निरन्तर पहिरो, आइतबार प्रतितोला कति ?
८ चैत्र २०८२, आईतवार १०:४१

काठमाडौँ । पछिल्लो केहि दिन यता सुनको मूल्यमा निरन्तर पहिरो गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आइरहेको गिरावटसँगै नेपालमा समेत निरन्तर घट्न थालेको हो ।
आज एकैदिन सुन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
यता, चाँदीको मूल्य आज तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला चार हजार ५४० रुपैयाँमा किनबेच भइरहेको छ ।












