राष्ट्रिय परिचयपत्र बनाउन झन्झट अन्त्य, अब फाराम भर्नु नपर्ने व्यवस्था लागू

८ चैत्र २०८२, आईतवार १६:२२

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने झन्झट हटाउने व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीहरूले अलग्गै आवेदन फाराम भर्नुपर्ने बाध्यता बिना नै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन्।

मन्त्रालयका अनुसार केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली बीच सेवा अन्तर–आबद्धता कायम गरिएसँगै यस्तो सुविधा सुरु गरिएको हो। यसबाट एउटै प्रकृतिका विवरणका लागि फरक–फरक निकायमा छुट्टाछुट्टै प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ।

आइतबार ओमप्रकाश अर्याल ले जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेर नयाँ व्यवस्थाको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सार्वजनिक सेवामा देखिँदै आएको दोहोरोपनालाई क्रमशः हटाउँदै नागरिकलाई सहज सेवा प्रदान गर्ने नीति अघि बढाइएको बताए।

मन्त्री अर्यालका अनुसार राष्ट्रिय परिचयपत्रका लागि अब सेवाग्राहीले छुट्टै फाराम भर्नु नपर्ने भएकाले सेवा प्रवाह अझ छरितो र नागरिकमैत्री बन्नेछ। साथै, प्रणालीहरूबीचको अन्तर–आबद्धताले सुशासन प्रवर्द्धन, प्रशासनिक खर्चमा कटौती तथा अनावश्यक दोहोरो प्रक्रियामा नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*