पिपुल्स पावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

९ चैत्र २०८२, सोमबार ०७:५२

काठमाडौं । पिपुल्स पावर लिमिटेडको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजेदेखि नवौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको गत आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्वाह विवरण लगायतका वित्तीय विवरणहरू पनि छलफल गरी पारित गर्नेछ।

त्यसैगरी सोही साधारणसभाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको ठाउँसारी गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र विविध प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ चैत १६ गते सोमबार एक दिनका लागि शेयर दर्ता पुस्तिका बन्द (बूक क्लोज) रहनेछ। सोको अघिल्लो दिनसम्म नेप्सेमा भएको कारोबारबाट कायम भएका शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*