सुनको मूल्यमा फेरी भारी गिरावट, अब प्रतितोला कति ?

९ चैत्र २०८२, सोमबार १०:४३

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा तीव्र गिरावट देखिएसँगै नेपालमा समेत त्यसको प्रभाव पर्ने थालेको छ । पछिल्लो केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिरहेको हो ।

आज सुन तोलामा छ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*