पिपुल्स हाइड्रोपावरले हकप्रद शेयर जारीका लागि विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति
९ चैत्र २०८२, सोमबार १८:१९

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ।
विद्युत् नियमन आयोगले गत आइतबार कम्पनीलाई १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।
यसअघि कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि कम्पनीले आयोगसमक्ष निवेदन दिएको थियो।












