बालेनलाई प्रधानमन्त्री चयन गर्न रास्वपाले चैत १२ गते बोलायो बैठक

१० चैत्र २०८२, मंगलवार ०८:२२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द शाह (बालेन) लाई संसदीय दलको नेता अर्थात् प्रधानमन्त्री चयन गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक चैत १२ गते दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो।

संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था भएकाले बालेनलाई रास्वपाले प्रधानमन्त्री बनाउनका लागि शुरूमा संसदीय दलको नेता चयन गर्न लागेको हो।

चैत १२ गते नै नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्दैछन्। शपथ लगत्तै सांसदहरूले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक बोलाएका हुन्। बालेन शाह सर्वसम्मत रूपमा संसदीय दलको नेता बनेपछि भोलिपल्ट अर्थात चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरी देशको बागडोर सम्हाल्नेछन्।

रास्वपाका शीर्ष नेताहरू अब बन्ने मन्त्रिपरिषद र मन्त्री चयन सम्बन्धी काममा निरन्तर लागिरहेका छन्। रास्वपाले ठूलो आकारको मन्त्रिमण्डल नबनाउने संकेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*