मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
१० चैत्र २०८२, मंगलवार १०:२०

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख ७ हजार १०३ कित्ता शेयरको लकइन अवधि आउँदो वैशाख १२ गतेबाट समाप्त हुने भएको छ।
कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दातर्फको ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फको ३ हजार २४० कित्ता शेयरको लकइन अवधि समाप्त हुने भएको हो।
आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारी तर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। लकइन अवधि सकिएपछि उक्त शेयर कारोबार गर्न सकिनेछ। तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीले भने नियमानुसार कारोबार गर्न सक्ने छैनन्।












