सुनको मूल्यमा गिरावट कायमै, मंगलबार प्रतितोला कति ?
१० चैत्र २०८२, मंगलवार १०:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । सुन आज पनि तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेर प्रतितोला चार हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।












