निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय साढे ३१ अर्बमाथि, कुनको कति ? (सूची सहित)

काठमाडौं। निर्जिवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा ३१ अर्ब रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ निर्जिवन बीमा क्म्पनीहरुले ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी बनेको छ। कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवसधमा ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियमले २ अर्ब ७९ करोड रुपैयाँ, आइजीआई पुड्रेसिन्यलले २ अर्ब ६८ करोड रुपैयषँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
युनाईटेड अजोडले १ अर्ब ९६ करोड रुपैयाँ, दि ओरियन्टलले १ अर्ब ९४ करोड रुपैयाँ, सानिमा जिआईसीले १ अर्ब ७८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।












