कोशी प्रदेशका जिल्लाहरुमा बर्डफ्लु, हजारौं कुखुरा नष्ट
१० चैत्र २०८२, मंगलवार १३:२१

काठमाडौँ । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा फैलिएको घातक बर्डफ्लुका कारण कुखुरापालकहरूले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ। मंगलबारसम्ममा यी जिल्लाका विभिन्न १२ वटा कुखुरा फार्ममा संक्रमित कुखुराहरू नष्ट गरिएको छ जसको संख्या ६० हजारभन्दा बढी पुगेको छ।
मोरङको विराटनगर, सुन्दरहरैंचा, उर्लाबारी र कटहरी, सुनसरीको इटहरी र गढी, र झापाको दमक क्षेत्र तथा आसपासमा संक्रमण फैलिएको पुष्टि भएको छ। यस क्षेत्रमा संक्रमित कुखुरासँगै ५० हजारभन्दा बढी अण्डा पनि नष्ट गरिएको छ।
कुखुरापालक व्यवसायीहरूले यस संक्रमणका कारण आर्थिक कठिनाइ झेलिरहेका छन् ।












