करिब १५ अर्बको कारोबार हुँदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१० चैत्र २०८२, मंगलवार १५:०२

काठमाडौँ । पुँजी बजार आज लगातार ५ दिन उकालो लागेको छ । बजार निरन्तर बढ्दा लगानीकर्तामा उत्साह छाएको हो ।

पछिल्लो केहि दिन यता कारोबार रकम समेत उच्च भइरहेको छ । २३.८३ अकंले नेप्से बढेर २९६० बिन्दु्मा पुगेको हो । कारोबार रकम भने १४ अर्ब ८३ करोड पुगेको हो ।

यसदिन, राधी विद्युतको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ६७ करोडको कारोबार भएको हो ।

साथै, अपि पावर, हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट, शिभव सिमेन्ट र न्यादी ग्रुपको शेयर सर्वाधिक किनबेच भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*