नेप्सेमा सुपर खुदी हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

१० चैत्र २०८२, मंगलवार १५:५५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ५५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख ८६ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। शेयर सूचीकृत भएपछि बुधबार कम्पनीको शेयर कारोबार सुरु हुने छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*