घट्यो अमेरिकी डलर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

११ चैत्र २०८२, बुधबार ०७:०४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज सार्वजनिक दर अनुसार अमेरिकी डलरको मूल्य सामान्य रूपमा घट्दा युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ र स्वीस फ्रयाङ्कको भाउ भने वृद्धि भएको देखिएको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा पुगेको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*