पश्चिमी वायुको प्रभाव: पहाड–हिमालमा बदली, केही स्थानमा चट्याङसहित वर्षा

११ चैत्र २०८२, बुधबार ०७:३६

काठमाडौँ । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली भएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*