तरकारी र फलफूल किन्न जानु अघि हेर्नुहोस् आजको मूल्य सूची

११ चैत्र २०८२, बुधबार ०७:४५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ११ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार आज तरकारीतर्फ गाजर (लोकल) प्रतिकेजी ३० देखि ४० रुपैयाँ, गाजर (तराई) २० देखि ३० रुपैयाँ, बन्दा (लोकल) २० देखि ३० रुपैयाँ र काउली (स्थानीय) ६० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै स्थानीय काउली (ज्यापु) ८० देखि ९० रुपैयाँ तथा काउली (तराई) ५५ देखि ६५ रुपैयाँमा बिक्री भइरहेको छ।

मूला सेतो (लोकल) १५ देखि २० रुपैयाँ र भन्टा लाम्चो ४५ देखि ६० रुपैयाँमा कारोबार हुँदा भन्टा डल्लो ६५ देखि ७५ रुपैयाँ पुगेको छ। बोडी (तने) १६० देखि १८० रुपैयाँ र मटरकोसा ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ। घिउ सिमी (लोकल) १०० देखि १२० रुपैयाँ तथा घिउ सिमी (हाइब्रीड) ८० देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ।

तितो करेला १६० देखि १७० रुपैयाँ, लौका ८० देखि १०० रुपैयाँ, घिरौला १२० देखि १३० रुपैयाँ तथा भिण्डी १३० देखि १४० रुपैयाँमा कारोबार भइरहेको छ। फर्सी पाकेको ५५ देखि ६५ रुपैयाँ र हरियो फर्सी ५० देखि १०० रुपैयाँसम्म रहेको छ।

सागपाततर्फ रायो साग ६० देखि ८० रुपैयाँ, पालुंगो साग १०० देखि ११० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ र मेथीको साग १०० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ। हरियो प्याज ५० देखि ७० रुपैयाँ तथा हरियो धनियाँ ५० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ।

फलफूलतर्फ स्याउ (फुजी) २५० देखि ३०० रुपैयाँ, केरा (दर्जन) २०० देखि २२० रुपैयाँ, कागती २२० देखि २५० रुपैयाँ र अनार ३०० देखि ३५० रुपैयाँमा कारोबार भइरहेको छ। अंगुर (कालो) ३२० देखि ३५० रुपैयाँ तथा किवी ३०० देखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ।

मसला तथा अन्य वस्तुतर्फ अदुवा ९० देखि ११० रुपैयाँ, हरियो खुर्सानी १६० देखि १८० रुपैयाँ, खुर्सानी (अकबरे) ७०० देखि ८०० रुपैयाँ पुगेको छ। लसुन (चाइनिज) २३० देखि २५० रुपैयाँ तथा लसुन (नेपाली) १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*