सानिगाड हाइड्रोको आईपीओमा वैदेशिक नेपालीले आजसम्म मात्रै आवेदन दिन पाउने

११ चैत्र २०८२, बुधबार ०८:३८

काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये अहिले २८ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारेका लागि निष्काशन गरेको हो।

यस आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*