विद्यमान संस्थापकले नकिनेपछि स्वरोजगार लघुवित्तको शेयर सर्वसाधारणका लागि बिक्रीमा

११ चैत्र २०८२, बुधबार ०८:४८

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । कम्पनीले ३३ लाख ३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले विद्यामा संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेको भएपनि कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

अब इच्छुक जो कोहि सर्वसाधारण पनि सूचना प्रकाशित भएको मिति (चैत ११ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा ५ काभ्रेपलाञ्चोक स्थित प्रशासन विभागमा लिखित निवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*