राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ सांसद केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइने

११ चैत्र २०८२, बुधबार १०:१२

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सांसद अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा यही चैत १२ गते बिहीबार बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य मानिन्छन्। उनले समानुपातिक निर्वाचन प्रणालीमार्फत संसदमा प्रवेश पाएका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनबाट १६५ र समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित भएका थिए। ज्येष्ठ सदस्य केसीले संसदमा निर्वाचित नयाँ सांसदलाई पनि पद तथा गोपनीयताको शपथ खुवाउने जिम्मेवारी सम्हाल्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*