रवि लामिछानेलाई अमेरिकाको बधाई
११ चैत्र २०८२, बुधबार १२:०३

काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अमेरिकाले बधाई दिएको छ।
दक्षिण तथा मध्य एशियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले सभापति रवि लामिछानेलाई चैत १० गते फोन गरी बधाई दिएका हुन्। अमेरिका नेपालको अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको अमेरिकी दूतावासले बताएको छ।












