छ बीमा कम्पनी र एक सिईओलाई कारवाही गर्ने बीमा प्राधिकरणको निर्णयमा के छ ?

११ चैत्र २०८२, बुधबार १३:०१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले केही दिन पहिले छ वटा बीमा कम्पनी, एक वटा ब्रोकर कम्पनी र एक जना सिईओलाई गरेको कारवाही सम्बन्धी निर्णय बाहिर आएको छ ।

बीमा प्राधिकरणको निर्णयमा छ वटा बीमा कम्पनीहरु नेको इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्सलाई कारवाही गरिएको उल्लेख छ ।

त्यसैगरी, नेपाल रि इन्स्योरेन्सका सिईओ सुरेन्द्र थापालाई पनि कारवाही गर्ने निर्णय गरिएको छ । त्यसैगरी, एलियन्ट इन्स्योरेन्सलाई कारवाही गर्ने निर्णय गरिएको छ ।

बीमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीक सिईओ सुरेन्द्र थापा, एलियन्ट ब्रोकर र हिमालयन रि इन्स्योरेन्सलाई हिल्टन होटलको पुनर्बीमाको हिसाब किताबमा तलमाथि गरेको आरोपमा कारवाही गरेको हो । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीमाथि गैर कानुनी रुपमा बीमा पोलिसी जारी गरेको पुष्टि भएपछि कारवाही गरेको हो ।

त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पूर्व सिईओ मनोजलाल कर्णलाई गैर कानुनी रुपमा सेवा सुविधा दिएको आरोपमा कारवाही गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेको बिवरण दिँदा सही विवरण नदिएको आरोपमा कारवाही गरेको हो । एशियन लाइफ इन्स्योरेन्सलाई होटल हायत प्यालेसको ेशेयर खरिद सम्बन्धमा कारवाही गर्ने निर्णय गरेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*