एनआईसी एसिया बैंकभित्र सुशासनको अवस्था भद्रगोल, सूचना मागेको चिठ्ठी दर्ता गर्न अस्वीकार

११ चैत्र २०८२, बुधबार १३:१५

काठमाडौं । एनआईसी एसिया बैंकभित्र सुशासन र पारदर्शीताको अवस्था भद्रगोल भएको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको अनुमति प्राप्त गरी सर्वसाधारण जनताको खर्बौ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले सूचना हक सम्बन्धी निवेदन समेत दर्ता नगरी फिर्ता गर्ने गरेको पुष्टि भएको छ ।

एनआईसी एसिया बैंकमा २०८२ चैत्र ११ गते विहान ११ बजे पुगेका सेवाग्राहीले नेपालको संविधान र कानुनले दिएको हक प्रयोग गरी तीन वटा बुँदामा सूचना माग गर्न लिखित निवेदन दर्ता गर्न खोजेका थिए । तर, बैंक प्रशासनले उक्त पत्र नै दर्ता नगरी फर्काईदिएको छ ।

व्यवस्थापक र सञ्चालकहरुको झगडाको कारण जर्जर अवस्थामा पुगेको एनआईसी एसिया बैंकमा नबिल बैंकका डेपुटी सिईओ सुजित शाक्यलाई अहिले सिईओ बनाइएको छ । तर, उक्त शाक्यले पनि बैंक प्रशासन समेत सम्हाल्न सकेका छैनन् । बैंकभित्रका कर्मचारीहरुको गुट बनाएर चलखेल गर्न थालेका सिईओ शाक्य ले केही समयअघि कर्मचारीहरुमा व्यापक सरुवा आतंक मच्चाएका थिए । सूचना माग गरिएको निवेदन दर्ता किन नगरेको भनेर जिज्ञाशा राख्दा पनि कुनै जवाफ दिएनन् ।

सार्वजनिक सेवा अन्तर्गतको बैंकिङ कारोबारमा लाखौं सर्वसाधारणहरु प्रभावित हुने बैंकको प्रशासनिक अवस्था नै जर्जर र दयनीय भएपछि अन्य सोझा ग्राहकहरुले कति दुःख पाएका होलान् ? सिईओ शाक्यले पनि सोधेको प्रश्नको जवाफ नदिने, सूचना माग गरेको निवेदन नै दर्ता नगर्ने तहसम्मको कानुन र संविधानको धज्जी उडाउने कार्यमा संलग्न रहेपछि सो बैंकको आगामी यात्रा जोखिमपूर्ण हुने देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*