प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए। केसीले चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई सपथ ग्रहण गराउनेछन् र सभामुख निर्वाचित नहुँदासम्म बैठकको अध्यक्षता गर्नेछन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।
केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।
सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।












