चार कम्पनीहरुको बोनस शेयर सूचीकृत, कुनको कति ?

११ चैत्र २०८२, बुधबार १७:३७

काठमाडौं । नेप्सेमा बुधवार चार कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । नेशनल लघुवित्तको , मेरो माइक्रोफाइनान्सको, सिंगटी हाइड्रो र निर्धन उत्थान लघुवित्तकोबोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार नेशनल लघुवित्तको १८ लाख ९७ हजार ५४२ दशमलव २५ कित्ता, मेरो माइक्रोफाइनान्सको ६ लाख ४७ हजार २५ कित्ता, सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तको १३ लाख ६ हजार ३९ दशमलव ८८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यी शेयर बिहीवारदेखि कारोबारयोग्य हुनेछन् । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यी शेयर कारोबार गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*