रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, बालेनलाई दलको नेता बनाइने

काठमाडौं । दिउँसो २ बजे प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपरान्ह ४ बजे काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ।
केन्द्रीय समितिबाट निर्णय गराएर बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्न बैठक बोलाइएको हो। उनी संसदीय दलको नेता चयन भएपछि रास्वपाले औपचारिक रूपमा राष्ट्रपतिलाई जानकारी गराउनेछ।
राष्ट्रपतिले औपचारिक जानकारी प्राप्त गरेपछि बालेनलाई भोलि शुक्रबार प्रधानमन्त्री नियुक्त गर्दै शपथ खुवाउनेछन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिएको थियो।
बालेनले भोलि राम नवमीका दिन मध्यान्ह १२ बजेर ३४ मिनेटमा शथप लिने भएका छन्। शपथ ग्रणह समारोहमा ७ वटा शंखनाद गरिने, १०८ जना बटुकबाट स्वस्ती वाचन गरिने र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी गरिएको छ। शपथ लिइसकेपछि बालेनले दिउँसो करीब सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गर्नेछन्।












