सुनचाँदीको भाउमा गिरावट, आज प्रतितोला कति?
१२ चैत्र २०८२, बिहीबार १०:५१

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएकोमा आज घटेर ४ हजार ८२० रुपैयाँमा झरेको छ।












