एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा ४ लाख ७० हजार कित्ता आयोजना प्रभावितका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्काशन गरेको थियो।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि २ लाख ३५ हजार कित्ता उच्च प्रभावित, १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित र ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएको थियो। कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो।












