एनआरएन र एसवाई प्यानलमा लगानीकर्ताको ओइरो

१२ चैत्र २०८२, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से १४.२१ अंकले बढेर २९५० को विन्दुमा कायम हुँदा १३ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

जसमध्ये एनआरएनको ९४ करोड २९ लाख रुपैयाँ, एसवाई प्यानलको ७१ करोड ९२ लाख रुपैयाँ, नेशनल हाइड्रो पावरको ४६ करोड ३२ लाख रुपैयाँ, रिडी पावरको ४५ करोड ७ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

त्यसैगरी आँखुखोला जलविद्युतको ३३ करोड १२ लाख रुपैयाँ, कुमारी बैंकको ३३ करोड ९ लाख रुपैयाँ, अपी पावरको ३१ करोड ९२ लाख रुपैयाँ, शिवम पावरको २८ करोड ३७ लाख रुपैयाँ र राधी जलविद्युतको २३ करोड १५ लाख रुपैयाँभन्दा माथिको शेयर खरीद बिक्री भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*