बालेन शाह प्रधानमन्त्री नियुक्त
१३ चैत्र २०८२, शुक्रबार १०:२२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।
उनले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। उक्त उपधारामा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने प्रावधान रहेको छ।
भर्खरै उनलाई राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गरेसँगै बालेन आधिकारिक रूपमा प्रधानमन्त्री बनेका छन्। आज बिहान १२ बजेर १३ मिनेटमा शपथ ग्रहण गरी दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनले पदभार ग्रहण गर्नेछन्।













