रास्वपाले टुंग्यायो मन्त्रीको सूची: अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, अन्य कुन मन्त्रालयमा को ?

१३ चैत्र २०८२, शुक्रबार १०:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ सरकार गठनको तयारीसँगै आफ्नो तर्फबाट मन्त्रीहरूको नाम टुंग्याउने प्रक्रिया तीव्र पारेको छ । पार्टी स्रोतका अनुसार प्रस्तावित मन्त्रिपरिषद्‌मा समावेश हुने केही प्रमुख व्यक्तित्वहरू लगभग निश्चित भइसकेका छन् ।

स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिने सहमति जुटिसकेको छ भने परराष्ट्र मन्त्रालय शिशिर खनालले सम्हाल्ने निश्चित जस्तै भएको छ । त्यस्तै, कानुन मन्त्रालयको नेतृत्व सोविता गौतमलाई दिने तयारी गरिएको छ ।

यसैबीच गृहमन्त्रालयको जिम्मेवारी सुदन गुरुङलाई दिने सहमति भएको बताइएको छ । यद्यपि यी निर्णयहरूबारे पार्टीले औपचारिक घोषणा भने गरिसकेको छैन ।

यता, उद्योग मन्त्रालयको जिम्मेवारीमा अमरेस कुमार सिंह र ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ पक्कापक्की भएको छ ।

रास्वपाबाट सरकारमा सहभागी हुन सक्ने अन्य सम्भावित अनुहारहरूमा सस्मित पोखरेल, गणेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नाम चर्चामा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*