बालेन शाहको शपथ ग्रहण सुरु, केहीबेरमै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

१३ चैत्र २०८२, शुक्रबार १२:२५

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण समारोह सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमा प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

राष्ट्रपति भवनमा जारी शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको छ।

प्रधानमन्त्री नियुक्त भएसँगै शाहले आजै शपथ ग्रहण गर्दै कार्यभार सम्हाल्ने तयारी गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*