बालेनको शपथ समारोहमा ६ जना पूर्वप्रधानमन्त्री उपस्थित

१३ चैत्र २०८२, शुक्रबार १३:००

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा आज चैत १३ गते सम्पन्न नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ समारोहमा ६ जना पूर्व प्रधानमन्त्री उपस्थित भएका छन्।

समारोहमा पूर्व प्रधानमन्त्रीहरू सुशीला कार्की, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईका साथै पूर्वअन्तरिम सरकारका प्रमुख तथा सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि उपस्थित रहेका छन्।

उक्त शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन् भने शेरबहादुर देउवा हाल विदेशमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*