दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

१३ चैत्र २०८२, शुक्रबार १५:५६

काठमाडौँ । दोलखाको लाप्चा क्षेत्रमा शुक्रबार मध्याह्नदेखि मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर लाप्चा क्षेत्र पुगेसँगै सम्पर्कबाट बाहिरिएको हो।

लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वतर्फ पर्ने दुर्गम भूभाग हो। प्राधिकरणका अनुसार हेलिकप्टर सो क्षेत्रमा पुगेपछि नियन्त्रण कक्षसँग सम्पर्क टुटेको जानकारी प्राप्त भएको छ।

दर्ता नम्बर ‘९एन–एएनओ’ रहेको उक्त हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार रहेको जनाइएको छ।

प्रारम्भिक जानकारीअनुसार खराब मौसमका कारण हेलिकप्टर लाप्चा आसपासको क्षेत्रमा आकस्मिक अवतरण गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*