शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारको प्रवक्ता

१३ चैत्र २०८२, शुक्रबार १६:५९

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्तामा चयन भएका छन् । नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रदान गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको सञ्चार र सूचना प्रवाहलाई व्यवस्थित तथा प्रभावकारी बनाउन प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री पोखरेललाई दिने निर्णय गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*