ओली र लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी
१४ चैत्र २०८२, शनिबार ०९:१८

काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले दिएको जानकारीअनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जमा रहेको २ नम्बर गणमा लैजाने तयारी गरिएको छ । ओली र लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।
पक्राउपछि उनीहरूलाई प्रहरी परिसर काठमाडौँ हुँदै अस्पताल लगिएको थियो । अस्पतालमा चेकजाँचपछि २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।












