भीआईपी सवारीका नाममा नागरिकलाई दुःख नदिन गृहमन्त्रीको निर्देशन

१४ चैत्र २०८२, शनिबार १९:४६

काठमाडौं । मन्त्रीहरुको सवारी साधनलाई गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सास्ती हुनेगरी विशेष सुविधा नगर्न निर्देशन दिएका छन् ।

शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘जनतालाई दुःख दिने गरी भीआईपीलाई स्पेसल ट्रिट गर्ने होइन । नागरिकका लागि आवागमन सहज हुनुपर्‍यो । हामी नागरिकको सेवक हो,’ मन्त्री गुरुङले भने ।

गुरुङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने तर भीआईपी सवारीका नाममा आम नागरिकलाई दुःख नदिन निर्देशन दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*