संविधान संशोधन गर्ने बालेन सरकारको निर्णय

१४ चैत्र २०८२, शनिबार २२:१७

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री बालेन शाहको नेतृत्वमो हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले नेपालको संविधान २०७२ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बालेन सरकारले हिजो घोषणा गरेको १०० वटा शासकीय सुधार सम्बन्धी प्रस्तावको चौथो नम्वरमा संविधान संशोधन गर्ने निर्णय गरेको उल्लेख छ । संविधान संशोधनका लागि ७ दिनभित्रमा संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने उल्लेख छ ।

हिजो पास गरिएको सो निर्णय आज सार्वजनिक गरिएको छ । सार्वजनिक भए लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने बिषय आगामी मन्त्रिपरिषदको बैठकबाट हुनेछ ।

नेपालको संविधान २०७२ सालमा संविधानसभामार्फत जारी गरिएको थियो । संविधान संशोधनका लागि संघीय संसदमा दुई तिहाई बहुमत आवश्यक पर्दछ । रास्वपासँग हाल सो दुई तिहाई बहुमतका केही सिट अपुग हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*