कर्पोरेट कम्पनीहरुले सामाजिक उत्तर दायित्वको रकम आफुखुशी गर्न नपाउने, बालेन गरे निर्णय

१५ चैत्र २०८२, आईतवार ०८:३९

काठमाडौं । सरकारले विभिन्न कर्पोरेट कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च रकम आफूखुशी गर्न नपाउने व्यवस्था गरेको छ ।

नयाँ सरकार बनेपछिको पहिलो निर्णयमा विभिन्न कर्पोरेट हाउसहरुले सामाजिक सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च रकम आफुखुशी गर्न नपाउने व्यवस्था गरेको हो । सामाजिक उत्तरदायित्व बापतको रकम बैंक तथा बीमा कम्पनीहरुमा चर्को दुरुपयोग हुँदै आएको थियो ।

त्यस्तै, विभिन्न कर्पोरेट हाउसहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु स्वार्थ बाझिने गरी कम्पनीका कर्मचारी तथा सञ्चालकहरुलाई लाभ हुने गरी खर्च गर्दै आएका थिए ।

अबदेखि सरकारले गरेको नयाँ व्यवस्था अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु सरकारी कोषमा दाखिला गरेर सरकारले नै प्राथमिकताका आधारमा खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*