उर्जा मन्त्री दीपक खड्का पक्राउ, करोडौं अकूत सम्पत्ति थुपार्दा कानुनको फन्दामा
१५ चैत्र २०८२, आईतवार ०९:१३

काठमाडौं । राजनीतिक पहुँच दुरुपयोग गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोपमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा उर्जा मन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । जेनजी आन्दोलनको क्रममा उनको घरैमा करोडौं रुपैयाँ नगद भेटिएको थियो । आन्दोलनकारीहरुले पैसा उडाएका थिए ।
साथै पूर्व मन्त्री खडुका लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् ।












