प्रधानमन्त्री बालेन शाहको सचिवालय टिम गठन

१५ चैत्र २०८२, आईतवार १०:२६

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले विभिन्न जिम्मेवारीमा सल्लाहकार तथा सहयोगीहरू नियुक्त गरेका हुन्।

नवनियुक्त संरचनाअनुसार प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् भने राजनीतिक सल्लाहकारमा असिम शाह लाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, मुख्य स्वकीय सचिवमा सुवास शर्मा तथा प्रशासन प्रमुखमा सुदिप ढकाल नियुक्त भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*