पेशागत बीमा अभिकर्ता संघको नेशनल लाइफ केन्द्रिय बिमक समिति गठन, अध्यक्षमा राजेन्द्र चन्द सर्वसम्मत

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ बीमक समितिको अध्यक्षमा राजेन्द्र बहादुर चन्द सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार बुटवलमा आयोजित नेशनल लाइफ बीमक–पेशागत अभिकर्ता संघको दोस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा चन्द सर्वसम्मत रुपमा चयन भएका हुन् ।
समितीको वरिष्ठ उपाध्यक्षमा शंकर लामिछाने, उपाध्यक्षहरुमा क्रमशः याम कुमार राई, राजेश यादव, लिला कुमारी अधिकारी, भुवानी प्रसाद अधिकारी, चुडामणी सुवेदी, पुष्पा खड्का र मञ्जु भट्ट चयन भएका छन् । साथै, सचिवमा यतिराज अधिकारी, सहसचिवहरुमा क्रमशः मनोज कुमार अधिकारी, राधिका कुमारी बस्नेत र निराजन राई चयन भएका छन् ।
साथै, नवगठित समितिको कोषाध्यक्षमा श्याम कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा बसन्त थापा र केन्द्रिय सदस्यहरुमा क्रमशः भोला शाह, नेपालमान श्रेष्ठ, चन्दा कुमारी रविदास, वविता कुमारी सिङदन, रेखा देवि ठाकुर, नागेन्द्र कुमार दास, गोपाल अधिकारी, टेकराज मगर, हिरालाल श्रेष्ठ, सन्तोष गुरुङ, प्रदिप दाहग्ले, शर्मीला अर्याल पाण्डे, नविन काफ्ले, पूर्ण बहादुर महतराज, रतन सिंह चाट, सन्तराज ठकुल्ला र भक्त बहादुर बुढा सर्वसम्मत रुपमा चयन भएका छन् ।


उक्त अधिवेशनको सभाध्यक्षको रुमा पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ बीमक समिति अध्यक्ष गोविन्द प्रसाद अधिकारी, प्रमुख अतिथिमा नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री, विशिष्ट अतिथीमा पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदारनाथ अधिकारी, विशेष अतिथीमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका अध्यक्ष जमुना अर्याल आचार्य, नेशनल लाइफ इन्स्योरेन्सका मार्केटिङ प्रमुख विवेक शर्मा, नेशनल लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख दिपनारायण खनाल, पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफका केन्द्रिय उपाध्यक्ष दिपक अर्याल र बिमल न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।












