बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि चैत ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान साढे १० बजे आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर ७९ हजार २५५ जनाले १० लाख ८९ हजार ५६० कित्ता आईपीओ माग गर्दै आवेदन दिएकोमा ७९ हजार २३२ जनाले १० लाख ८९ हजार ३०० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ।
मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा १० हजार ४०० जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।












