हिमालयन बैंकको वित्तीय अवस्था चुनौतीपूर्ण, रेटिङ नकारात्मक निगरानीमा

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको वित्तीय अवस्था दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको छ । बैंकको जारीकर्ता मूल्याङ्कन र ऋणपत्र दुवैलाई नकारात्मक प्रभावको ‘क्रेडिट वाच’मा राखिएको हो ।
रेटिङ एजेन्सि केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको इशूयर रेटिङ ‘त्रिपल बी’ कायम राख्दै यसलाई नेपालको वित्तीय क्षेत्रको जोखिमयुक्त संस्थाका रूपमा मूल्याङ्कन गरेको छ । यसले बैंकले समयमै आफ्ना वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम स्तरको रहेको देखाउँछ ।

त्यसैगरी बैंकले जारी गरेको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ पनि मध्यम सुरक्षा स्तरको र जोखिमयुक्त बन्डको रूपमा मूल्याङ्कन गरिएको छ । यस बन्डको रेटिङ ‘त्रिपल बी’ कायम राख्दै यसलाई पनि क्रेडिट वाचमा राखिएको छ ।
पछिल्लो समय बैंकको भित्री संरचनामा देखिएको विवाद र गुटगत राजनीतिले वित्तीय अवस्था खस्किदै गएको छ। यता, बैंकको खराब कर्जा निरन्तर चुलिदै गएको छ । जसले रेटिङमा प्रभाव परेको छ ।
बैंकको ब्याज मार्जिनमा गिरावट, ऋण लागतमा वृद्धि र ऋण र निक्षेपबीचको अन्तरको वृद्धिले नाफामा दबाब पारेको छ । विशेष गरी कम प्रतिफल दिने सरकारी बन्ड र नेपाल राष्ट्र बैंकको साधनहरूमा निक्षेप गरिएको अत्यधिक रकमले बैंकको ब्याज आम्दानी घटाएको छ । साथै गैर–बैंकिङ् सम्पत्तिमा घाटा पूर्ति र ऋणमा परेको दबाबका कारण आन्तरिक पूँजी सिर्जनामा कमी ल्याएको छ ।
हिमालयन बैंक लिमिटेड १९९२ फेब्रुअरीदेखि सञ्चालनमा रहेको बैंक हो । तीन दशकभन्दा बढी समयदेखि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । प्रारम्भमा हबीब बैंक लिमिटेडले करिब २० प्रतिशत शेयरधारिता राखेको थियो जुन सिभिल बैंक अधिग्रहणपछि करिब १३ प्रतिशतमा घटेको थियो । २०२५ नोभेम्बर २ मा हबीब बैंकले आफ्नो सम्पूर्ण १२.९३ प्रतिशत शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गरी बैंकबाट बाहिरिएको थियो ।
हिमालयन बैंकको वित्तीय अवस्था संकटमा, सीईओ राणाको नेतृत्वमाथि गम्भीर प्रश्न
अशोक राणा हाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन भने अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ छन् । बैंकको परिचालन इतिहास, अनुभवी व्यवस्थापन, विविध ऋण पोर्टफोलियो र पर्याप्त तरलता बैंकको मजबुतीका आधार बनेको भए पनि वित्तीय नतिजा कमजोर रहेको छ ।
202603080347_Himalayan_Bank_Limited_-_Ratings_continue_to_be_on_credit_watch_with_negative_implications











