रेट्रोसेसनबाहेक दुई महिनाको लागि हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक
३१ बैशाख २०८३, बिहीबार ०९:१८

नेपाल बीमा प्राधिकरणले दुई महिनाको लागि हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ ।प्राधिकरणले पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको हो ।
बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (९) बमोजिम प्राधिकरणले कम्पनीलाई दुई महिनाका लागि नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको हो ।
प्राधिकरणले वैशाख २९ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको छ । बीमा ऐनको दफा १३६ को उपदफा ९४० बमोजिम सबै सम्बन्भित लाई जानकारी गराइएको प्राधिकरणले जनाएको छ ।












