सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?
३१ बैशाख २०८३, बिहीबार १०:४५

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।












