सर्वाेत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ८ हजार ५०० जनाले पाए शेयर
३१ बैशाख २०८३, बिहीबार ०९:४४

काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरिएको थियो।
बिक्री अवधिभर ८५ हजार ३४२ जनाले आवेदन दिएकोमा ८५ हजार ३२३ जनाको मात्रै आवेदन स्वीकृत भएको छ। मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ। बाँडफाँडमा ८ हजार ५०० जनाले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी आवेदकको हात रित्तिएको छ।












