हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले दिए राजीनामा
१५ चैत्र २०८२, आईतवार १३:५१

काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले आज पदबाट राजीनामा दिएका छन्।
भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन्। उनले गत २०८१ जेठ २४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका थिए। कार्यकाल अझ बाँकी रहँदै उनी परिवर्तित राजनीतिक परिस्थितिलाई कारण देखाउँदै पदबाट मुक्त भएका हुन्।
राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगको सुदृढीकरणका लागि निरन्तर प्रयास गरेको उल्लेख गरेका छन्।












