गैंडाकोटमा ३ गाडी एकापसमा ठोक्किए
१६ चैत्र २०८२, सोमबार ०८:५७

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपुरको गैंडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक २ वटा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटना बिहान करीब पौने ७ बजे भएको हो। दुर्घटनामा परी तीनवटै सवारीका चालक घाइते भएका छन् भने यात्रुबसमा सवारी अन्य केही यात्रुहरू पनि घाइते भएका छन्।












