सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?

१६ चैत्र २०८२, सोमबार १४:३९

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।

बैंकले व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्ने वा चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ ।

अनुभवमा “क” वर्गको बैंक तथा वित्तिय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ३ बर्ष काम गरेको वा “ख” वर्गको राष्ट्रिय स्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा “ख” वर्गको जिल्ला/प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्नेछ ।

उमेरको हकमा ४० वर्ष पूरा गरी ६५ बर्ष ननाघेको हुनु पर्नेछ । तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले आफ्नो पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा आपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी प्रतिवेदन सहित आगामी १५ दिनभित्र बैंकको इमेल मार्फत आवेदन दिनु पर्नेछ। परीक्षा अन्तर्वार्ता तथा व्यवसायिक प्रस्तावको प्रस्तुतीकरण मार्फत लिइने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*